ठूला उद्योगको विद्युत महसुल बक्यौता २२ अर्ब बढी, क्रमशः लाइन काटिने

तातोखबर, काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने उद्योगको क्रमशः लाइन काट्दै जाने घोषणा गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत उपयोग गरेका ग्राहकको बक्यौता २२ अर्बभन्दा बढी रहेको बताए ।
सर्वासाधारणले दैनिक १७/१८ घण्टासम्म लोडसेडिङ ब्यहोरिरहेका बेला २३९ औद्योगिक व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् २० घण्टाभन्दा बढी उपभोग गरेका थिए ।
तीमध्ये १ सय ७८ उपभोक्ताले प्रिमियमसहितको विद्युत महसुल समयमै भुक्तान गरिसकेका प्राधिकरणले जनाएको छ । महसुल बुझाउन बाँकी ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कूल २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको छ। यसमध्ये करिब साढे १२ अर्ब रूपैयाँ हालै लाइन काटिएका ९ ठूला उद्योगको रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
पटक-पटक ताकेता गर्दा पनि रकम नतिरेपछि गत पुस ६ गतेबाट लाइन काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस