मकवानपुरमा एचआइभी संक्रमितको संख्या ४९४

हेटौंडा – मकवानपुर जिल्लामा हाल एचआईभी संक्रमितको संख्या ४९४ रहेको तथ्यांकले देखाएको छ।संक्रमितको संख्या महिना पिच्छे बढ्दै गएको हेटौंडा अस्पतालले जनाएको छ। साउन देखि यता ११ जनामा एचआईभी देखिएको छ भने संक्रमित मध्ये ५४ जनाको मृत्यु भइसकेको छ।

हेटौंडा अस्पतालको अनुसार जिल्लामा अहिले सम्म ४९४ जनामा एचआईभी देखिएको भएतापनि केही सम्पर्क विहिन भएको र केही व्यक्ति कामको सिलसिलामा अन्तै बसाई सरि गएका छन् । हेटौंडा अस्पतालको एआरटीको सम्पर्कमा २९७ जना रहेका छन् । संक्रमित २९७ जना मध्य पुरुष १६२ जना,महिला १२१ जना र यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको ८ जना रहेका छन् ।त्यस्तै १० वर्ष देखि १९ वर्ष उमेर समुहका बालक २ जना र बालिका ४ जना रहेका छन् ।

Advertisement:

संक्रमित मध्ये १४ जनाले फ्रेन्स हेटौंडा बाट औसधि खाइरहेका छन् भने बाकीले हेटौंडा अस्पतालको एआरटी बाट संक्रमण विरुद्धको औसधि लिइरहेका छन् । मकवानपुर जिल्लाको मात्र नभइ संक्रमित मध्ये केही बाहिर जिल्लाको रहेको हेटौंडा अस्पतालले जनाएको छ।

संक्रमित बालबालिकामा आमाबाट जन्मजात नै एचआईभी संक्रमित भएको र केही आमाको स्तानपानबाट सरेको एआरटी काउन्सुलर डोल्मा लामाले बताइन् ।असुरक्षित यौन सम्पर्क तथा सुइ सिरिन्ज साटासाट गर्दा बढीजसो संक्रमण सर्ने उनले बताइन् । संक्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुनुको साथै किटाणु वृद्धि भएर रोगसंग लड्न सक्ने क्षमतामा समेत कमि आउने काउन्सुलर लामाले बताइन् । एचआईभी संक्रमितमा लामो समय सम्म ज्वरो आउने, तौलो घट्ने, खोकी लागेको लामो समय सम्म निको नभइ बिरामी भइरहने ,उपचार गराउदा रोग पत्ता नलाग्ने, ज्यानमा खटिरा आउने लक्ष्यण देखिन्छ भने कसैलाई कुनै लक्ष्यण नदेखिएर पनि एचआईभी संक्रमित भएको काउन्सुलर लामाले बताइन् ।

एचआईभी पोजिटिभ भएको व्यक्तिले यदि समयमै उपचार गराइ नियमित औसधि लियो भने एचआईभी नसर्ने र निको भएर समेत जाने लामाले बताइन् ।पछिल्लो समय आएको एचआईभीको औसधि नियमित खाएमा एचआईभी नसर्ने समेत लामाले बताइन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application