८८ के.जी लागु औषध गाँजा सहित हेटौंडाबाट १ जना पक्राउ

arrested-by-police-smuggling-hemp-tatokhabar-onlinekhabar-setopati-ratopati-nepalpress-ekantipur

तातोखबर, मकवानपुर: जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं १५ हेटौडाको रातोमाटे स्थित प्रहरी चेकपोष्ट अगाडी पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०९।११ गते राती बिहान ००:१५ बजे बिशेष सुचनाको आधारमा नारायणघाटबाट राजबिराजतर्फ जादै गरेको ना ८ ख ७५०४ नं को ट्रक कन्टेनरलाई रोकी चेकजांच गर्ने क्रममा ट्रक चालक जिल्ला मकवानपुर थाहा न.पा. वडा नं ५ फुक्रे टोल बस्ने वर्ष २५ को सबिन कुमार गुरुङलाई रित पुर्वक खानतलासी पुर्जी दिई निजको शरीर तथा उक्त ट्रक समेतको खानतलासी गर्दा ट्रकको डब्बामा लुकाई छिपाई गरी राखेको अवस्थामा लागू औषध गांजा ८८ के.जी. ३९० ग्राम फेला परेको हुंदा उक्त लागू औषध, ट्रक सहित निज सविन कुमार गुरुङलाई नियन्त्रणमा सम्मानित मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य जारी रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

arrested-by-police-smuggling-hemp-tatokhabar-onlinekhabar-setopati-ratopati-nepalpress-ekantipur

Advertisement:arrested-by-police-smuggling-hemp-tatokhabar-onlinekhabar-setopati-ratopati-nepalpress-ekantipur

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application