बिजुली जोडेर समस्याको समाधान गर्न माग: प्रयोग नगरेको बील नतिर्ने

तातोखबर, काठमाडौँ : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विद्युत प्राधिकरणले काटेको उद्योगको बिजुली पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन् । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो ट्रंक लाइनका लागि प्रिमियम दर तोकिएभन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताए ।
उनले उद्योगी, व्यवसायीले नियमित आफ्नो बिजुलीको बील तिर्दै आइरहेको दावी गर्दै विवादित प्रिमियमको विषयको बील मात्रै नतिरेको बताए ।
उनले अहिले आएर एकैपटक छलफल नगरी लाइन काटिदिँदा अन्तरराष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको र लगानीको वातावरण बिथोलिने अवस्था देखिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले उद्योगधन्दाहरू बन्द हुँदै गइरहेको अवस्थामा सरकारले निकास दिनुपर्ने ठाउँमा हठातमा बिजुलीको तार काट्ने निर्णय गरेर उद्योग बन्द गराउने योजनामा अघि बढेको बताए ।
चिनी उत्पादक संघका अध्यक्ष जगदीश अग्रवालले सरकारको अपरिपक्व निर्णयले बजार र उद्योग क्षेत्रलाई अफ्ठ्यारो पर्ने बताए। उनले अपरिपक्व निर्णय र अनावश्यक झमेला दिन लाइन काटिएको बताए । व्यवसायी विष्णु न्यौपानेले आफूले प्रयोग नगरेको बिजुलीको बील तिर्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस