आजबाट सुरु भयो नारायणगढ-बुटवल रास्वपाको दबाब यात्रा

तातोखबर, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार पार्टी सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका थिए । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैंडाकोट पुल्चोकबाट सुरु हुने रास्वपाले जनाएको छ ।

११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको सो दबाब यात्राको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ/बुटवल सडकखण्डको स्तरोन्नतीमा भइरहेको ढिलासुस्ती र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको पार्टी सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

Advertisement:

सो यात्रामा रास्वपाका नेता र केहि सांसदहरु समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँवायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै पनि योपटक समय छुट्याउन असमर्थ भएको , यात्राका क्रममा बीच बीचमा स्वागत वा अन्य कार्यक्रम नराख्न समेत अनुरोध गरेका छन् । सभापति लामिछानेले भनेका छन्, ‘हाम्रो उद्देश्य सांकेतिक रुपमा सरकारको ध्यानकर्षण गराउनु  र सवारी साधनको आवत जावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौं ।’ सभापति रवि लामिछानेले भनेका छन् ।

दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application