क्रिसमस डे: नेपालमा बेग्लै रौनक

christmas-celebration-in-nepal-tatokhabar-onlinekhabar-ratopati-setopati-hot-news

९ पुस, तातोखबर : नेपालमा भइरहेको विभिन्न परिवर्तनसँगै चाडपर्व मनाउने तौरतरिकाहरु पनि क्रमशः परिवर्तन हुँदै गएका छन । त्यसैक्रममा क्रिसमस मनाउने शैली पनि बदलिन थालेको छ ।

 

Advertisement:christmas-celebration-in-nepal-tatokhabar-onlinekhabar-ratopati-setopati-hot-news

क्रिसमस मनाउन अब पहिले जस्तो कट्टरपनाको सामना गर्नुपर्नेवाला छैन् । धर्मको नाममा मानिसहरु दबाब सहन तयार छैनन् । पुराना बन्देजहरुबाट फुत्किन चाहन्छन् । धर्मका नाममा बाध्यताकारी नियमहरु मान्नैपर्ने परिपाटी अन्त्य हुँदै गइरहेको छ ।

 

दशैं, तिहार, इद जस्ता चाडमा रमाउनेहरु अब क्रिसमसमा पनि उत्तिकै रमाइरहेका भेटिन्छन् । धर्म र आस्था एउटामा भए पनि अन्य चाडका धार्मिक कार्य नगरे पनि रमाइलो गरेर मनाउन त सकिने अहिलेको युवाहरु बताउँछन् ।

 

हुन पनि कुनै पनि धर्मका चाडपर्वहरुमा रमाइलो गर्न बन्देज गरिएको छैन् । पछिल्लो समयमा क्रिसमस मनाउने तौर तरिकाहरुमा परिवर्तनमा आएको पाष्टरहरु स्वयम स्वीकार्छन् । कतिपय युवाहरुले क्रिसमसका नाममा विकृती भित्राए पनि अधिकांशले सभ्य रुपमा क्रिसमस मनाइरहेका छन् । तर पनि क्रिसमसको नाममा तडकभडक बढदै गइरहेको छ ।

 

मंहगा गिफ्ट साटासाट गर्ने र रमाइलो गर्ने वहानामा क्रिसमसको नाममा विकृती बढिरहेको छ । धार्मिक विविधता भएको नेपालमा सबै धर्म मान्नेहरुले सबै धर्मका पर्वमा रमाउने र एकता देखाउने परम्परा यद्यपी कायमै रहेको पाउन सकिन्छ ।

 

क्रिसमस र अंग्रेजी नयाँबर्ष लगभग सँगसँगै पर्ने भएकाले काठमाडौं लगायत देशका ठूला सहरहरुमा क्रिसमसको बेग्लै रौनक छ । क्रिसमस नै मनाउनका लागि कतिपय तन्नेरीहरु घुम्न जाने तयारीमा कतिपय भने दारु र डिस्कोमा रहमाएर क्रिसमस मनाउने तयारी गरिरहेका छन् ।

 

काठमाडौंका दरबार मार्ग, ठमेल, लाजिम्पाट, झम्सिखेल, जाउलाखेल लगायतका रेष्टुरेण्डहरुमा क्रिसमसका लागि भनेर विशेष छुटको व्यवस्था हुने गरेको छ । डिस्कोहरुमा विशेष प्याकेजका कार्यक्रमहरु तयार पारिएको छ । आधुनिकतामा रमाउन पल्केका कतिपय युवाहरु क्रिसमसमा पनि मादक पदार्थमा नै रमाउन चाहान्छन् । यतिमात्र होइन दिनभर रमणीय स्थानमा घुमेर साँझ परेपछि डिस्को र डान्सबारमा देखिने युवाको संख्या पनि उत्तिकै छ ।

 

सान्ता क्लज
सान्ता क्लजले पहिरिएको विभिन्न डिजाइनको टोपी नेपाली बजारमा निक्कै लोकप्रिय रहेको छ । यही टोपी कतिपय तन्नरीहरुले गिफ्ट दिने र फेसनको रुपमा लगाउने गर्दछन् । नेपाली बजारमा यसको विक्री बढेको छ यतिबेला । एकसय रुपैंया देखि माथिका विभिन्न कलरमा टोपीहरु बजारमा उपलब्ध छन् ।

 

क्रिसमस इभमा सान्ताले ज्ञानी बच्चाहरुलाई सुतिरहेको समयमा यो टोपी गिफ्ट छोडेको विश्वास गरिन्छ । सय बर्षअघि भिक्षु सेन्ट निकहोलस् टर्कीमा जन्म भएको थियो । निकहोलसले विभिन्न ठाउँमा  गरिबहरुलाई मद्दत गर्दै हिंड्थे । उनै निकहोलस् युरोपमा सान्ताको रुपमा परिचित छन् । त्यती मात्र होइन नेपाली बजारमा क्रिसमस गिफ्टको माग पनि बढेको छ ।

 

क्रिसमस ट्रि को महत्व
क्रिसचियनहरुले क्रिसमसको दिनमा सल्लाको रुख (क्रिसमस ट्रि) लाई सजाएमा जिवनभरी हरियो हुने विश्वास रहेको छ। क्रिसमस ट्रि जहिल्यै हरियो रुखमा विभिन्न किसिमका हिउँको थुप्रो जस्तो सेतो कपसले सजाइन्छ। र, क्रिसमस ट्रिमा बत्ती राखेर सजाउने गरिन्छ । क्रिसमस ट्रि प्राकृतिक र कृत्रिम दुवैमा क्रिससमसको अवसरमा सजाउने गरिन्छ । क्रिसमस ट्रि  सजाउने परम्परा १६औं शताब्दिमा लिमोनिया र जर्मनीबाट आएको हो ।

 

केही इतिहासकारले क्रिससमसको समयमा सल्लाको रुखमा क्यान्डल, बत्तीहरुले सजायमा त्यो मेसेर स्वर्गसम्म पुग्ने विश्वास रहेको बताउँछन । सल्लाको रुखको माथिल्लो भागमा स्वर्गदूत (परी) वा ताराहरुले सजाइन्छ । जसले स्वर्गदूतहरुले होस्ट गरेको अनुभव हुने धारणा पनि छ । नेपालका विभिन्न गिफ्ट पसलहरुमा यस्तो ट्रि सजाउन थालिएको छ । काठमाडौँ मा यस बर्ष क्रिसमस ट्रि लाई महानगरले प्रतिबन्द गरिदिएको छ ।

 

नेपालमा क्रिसमस
२५ डिसेम्बरलाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ । यही दिन क्रिसमस मनाउने चलन सन् ३५० देखि सुरु भएको हो । यो पर्व रोमका तत्कालीन वादशाह कन्स्टेन्टाइनले सुरु गरेका हुन् यी वादशाह पहिले सुर्यभक्त थिए। यसरी क्रिस्चियन धर्म अनुसार गर्नुअघि वादशाह कन्स्टेन्टाइनले हरेक डिसेम्बर २५ लाई सूर्य देवताको जन्मदिवसक रुपमा मनाउँथे ।

 

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि नेपालमा क्रिश्चियनहरु थिए तर नेपाल एकीकरणसँगै उनीहरु देश निकालामा परे त्यसैले उनीहरु भारतमा विभिन्न सहरमा गएर बस्न बाध्य भए वि.सं.२००७ को राजनीतिक परिवर्तनपछि नेपालमा आएका थिए । हाल आएर नेपालमा क्रिस्चियनहरुको उल्लेख्य संख्यामा बृद्धि भइरहेको छ ।’क्रिसमस डे’ को शुभकामना !!

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application