नेपालमा अहिलेकै राजनीतिक संयन्त्र रहेसम्म शिक्षा प्रणाली सुध्रिन सक्दैनन्

— उद्धव पाठक
नेपालमा विकसित राजनीति संयन्त्रलाई हेरेर आमनेपालीहरु पूर्पुरोमा हात राख्दै नेताहरुलाई धिकार्न ब्यस्त छन् । नेता मौलाउने र कार्यकर्ता बहुलाउने अनि जनता तिनै राजनीतिकर्मीहरुलाई धारेहात लगाउँदै फलाक्ने प्रचलन यति बेला नेपालमा देखा परिरहेको छ । नेपालका वस्ती वस्तीमा नागरिकहरुले आपसी भेटघाटका क्रममा गर्ने कुराकानीहरुमा थोरै मात्रै आफ्ना कुरा चल्छ र बढी नेता कार्यकर्ताको प्रबृत्तिको विषयमा आलोचना हुने गर्दछ । यद्यपी ती राजनीतिकर्मीहरुले नागरिकस्तरबाट हुने यस्तो आलोचना सुन्नु पर्दैन । उनीहरु नागरिकहरुको समीपमा निर्वाचनको समयमा हात जोड्न मात्रै आईपुग्ने हुन् । जनताको समस्या उनीहरुको कानमा आईपुग्ने अवस्थालाई तिनै नेताका कार्यकर्ताहरुले ढाँटढुँटमा टालिरहेका हुन्छन् ।
नेपालमा स्थापित भएको राजनीति प्रणालीले सबै नेपालीहरुलाई सुख दिएको देखिन्छ । उत्पादनका लागि श्रम गर्नै नपर्ने अवस्था आएको छ । खाद्यन्न लत्ता–कपडा र यन्त्र उपकरणहरु विदेशबाट आयात गरिन्छ र यहाँका बजार सञ्चालन गरिन्छ । अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपाली श्रमिकहरुद्वारा आफ्नो पारिश्रमिकमा आधारित नेपालमा रहेको आफ्नो परिवारका सदस्यहरुलाई सुख दिन ग्रामीण वस्तीहरुबाट शहरी बसाईको व्यवस्था गरिदिने गरेका छन् । गाउँका खेतवारी हुने कृषि कर्महरु ठप्प पारेर बाँझो छोडिने जस्ता प्रबृत्ति नेपालमा ह्वात्तै बढेर गएको छ । देशमा उत्पादनमूलक कुनै काम गर्नु नपरेपछि नेपालीहरु देशभित्र सुखी बन्दै गईरहेको जस्तो देखिन्छ । विदेशबाट रिमिट्यान्स भित्रिदै गएपछि देश पनि समृद्ध बन्दै गईरहेको जस्तो पनि छ । तर यो देशका लागि सुखद् लक्षण भने होईंन ।
यी भए अर्थ र राजनीतिकको कुरा । त्योभन्दा बढी डर लाग्दो अवस्था शिक्षा क्षेत्रमा देखिएको छ । अन्यौलग्रस्त शैक्षिक प्रणालीका कारणले देशबाट वैदेशिक शिक्षा आर्जनका निहुँमा नेपाली विद्यार्थाी परदेशिने क्रम तीब्र गतिमा बढेर गएको छ । यो अब रोकिदैन । सर्वसाधारणले विद्यार्थी भिसा प्राप्त गर्न गरेको लगानी र उनीहरुले भोग्नु परेको पारिवारिका र सामाजिक पीडाँको त झन् कुरा गरी साध्यै छैन । नेपाललाई युवा विहिन बनाउने लक्ष्यका साथ नेपालमा अपनाइएको राजनीतिक संयन्त्र प्रयोगमा रहेसम्म नेपालको शिक्षा र शिक्षासँग जोडिएका सबै क्षेत्र तहस नहस हुने पक्का छ । यो मैले मात्रै भनिरहेको छैन, नेपालका शिक्षा विद्हरुको पनि यस्तै भनाई हो । जुन आमसञ्चार माध्यमहरुमार्फत बाहिर आईरहेका छन् ।
देशमा शिक्षाको विकास हुदै गएको छ । तर त्यो शिक्षा केवल औपचारिक शिक्षा मात्रै भएको छ । उत्पादनका लागि नेपालमा चालू शिक्षा प्रणाली बेकामी सावित बन्दै गईरहेको छ । त्यसैले त नेपालबाट वैदेशिक शिक्षा आर्जन गर्न ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरु विदेशिएका छन् । उनी गुणस्तरीय शिक्षा आर्जन गर्न विदेश जाँदा नेपालबाट ठूलै परिमाणमा विदेशी मुद्रा बाहिरिदै गईरहेको छ । अध्ययन गर्न विदेश भूमिमा टेक्ने नेपाली विद्यार्थीहरु नेपाल फर्कने सम्भावना कम मात्रै रहेको छ । त्यसैले नेपालको शिक्षा प्रणाली सुधार गर्न हतार भईसकेको अवस्था छ । नेपालमा शिक्षा नीति र शिक्षा प्रणाली अहिलेको राजनीतिक संयन्त्र कायम रहुञ्जेल बदलिन सक्दैन । नेपालको शिक्षा नीतिले राजनीति नेता तथा कार्यकर्ताहरुलाई कुनै वन्धना बाधेको छैन । यसको असर उनीहरुका छोरा छोरामा सून्य अवस्थामा छ । तर सर्वसाधारणका छोराछोरीको भविष्य यहि शिक्षा नीति र प्रणालीले रुमल्याईरहेको छ ।
नेताका छोराछोरीलाई नेपालको शिक्षा आवश्यक छैन । उनीहरुका छोराछोरी सबै विदेशमा नै अध्ययन गर्छन् । छोराछोरीले नेपालका कुनै विद्यालय तथा कलेजमा अध्ययन गर्नु पर्यो भने ती नेताको मान प्रतिष्ठा घट्न सक्ने त्रास राजनीति बृत्तमा रहेको छ । पछिल्लो समयमा विकास भएको सूचना तथा सञ्चार प्रविधिको विकासले हामीलाई धेरै कुराको जानकारी दिन सक्छ । यसको माध्यमबाट हामीले जानकारी लिन सक्छौं की कुन नेताका पारिवारिक संरचना कस्तो छ ? र कुन नेताको छोरा छोरी कुन मुलुकमा के विषया अध्ययन गर्दैछन् ? अनि नेताको वरिपरि र आसपासमा घुम्ने कार्यकर्ताका छोरा छोरीलाई पनि नेपालको सरकारी विद्यालयहरुमा अध्ययय गराईदैन । उनीहरुलाई सुविधासम्पन्न आवासीय विद्यालयहरुमा भर्ना गरिन्छ र विभिन्न माध्यमहरुबाट राज्यको पैसा उनीहरुको अध्ययनमा खर्च गरिन्छ । यसले गर्दा ती नेता तथा कार्यकर्ताहरुले देशका शिक्षा नीति तथा शिक्षा प्रणाली सुधार गर्नु पर्ने आवश्कता ठान्दैनन् ।
यसले के देखाउँछ भने नेपालमा शिक्षा क्षेत्रमा देखिएका कुनै पनि समस्याको समाधान राजनीतिक स्तरबाट खोजिदैन । यसमा दुई मत नै छैन । सर्वसाधारणका छोराछोरीहरुले शिक्षा आर्जनमा निकै ठूलो कष्ट भोगिरहेका छन् र अभिभावकहरुले ठूलै चिन्ता र तनाव झेलिरहेको छन् । यस्तै समस्याहरुका बीच ती अभिभावकहरुले आफ्ना छोराछोरीको पढाईमा लगानि गरिरहेका छन् । यस विषयमा वर्तमान राजनीतिक संयन्त्रले बुझ्न चाहदैन । देशमा शासकीय सेवा वितरणका लागि छुट्टाछुट्टै अधिकार र साझा अधिकारसहित ३ तहको सरकार प्रयोगमा ल्याईएको छ । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ तर त्यो अधिकारको स्थानीय सरकारमा सहभागी जनप्रतिनिधिहरुले अझ बढी दुरुपयोग गर्न सजिलो प्रणाली भएको छ । यो अवस्थालाई हेर्दा शिक्षामा अझ बढी सर्वसाधारणले धोका खाने प्रणाली सावित हुदै गएको छ । त्यसैले जतिसक्दो छिटो देशको राजनीतिक संयन्त्र परिवर्तन गरिनु पर्दछ ।
— त्रिवेणी आठराई गाउँपालिका, वडा नं. २, फूलवारी
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस