एमआरआर ग्रुपको धुलिखेलमा बनभोज (फोटोफिचर)

काठमाडौँ, ७ पौष/ इन्टरनेट सामाजिक सञ्जालमार्फत सामाजिक रुपन्तरणमा सक्रीय रहेको युवा समूहले वन भोज कार्यक्रमको आयोजना गरी एउटा उदाहरणीय कार्यको शुरुवात गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा एक्टिभ रहेको नेपाली युवाहरूको MRR Group ले उक्त वनभोज कार्यक्रमको आयोजना गरेको हो ।
काभ्रेको धुलिखेलमामा शनिबार आयोजित वनभोज कार्यक्रममा देशभरीबाट झण्डै ३ सयभन्दा बढीको संख्यामा सहभागिता रहेको आयोजक पक्षले जानकारी दिएको छ । वनभोज कार्यक्रममा रङ्गकर्मी कमल देवकोटा लगायतका युवाहरुको सहभागिता रहेको जानकारी दिईएको छ । विशेषगरी सामाजिक सञ्जालको सदुयोग गर्दै समाजमा उदाहरणीय कार्य गर्न प्रेरणा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सो समूहमा आबद्ध युवा विपुल पाण्डेले जानकारी दिएका छन् ।
बनभोज कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक खेलहरु पनि सञ्चालन गरिएको थियो । जसमा म्युजिकल चियर (कुर्सी चोरी), बिङगो लगायतका खेलहरु रहेको थिए । देशभरीबाट आएका युवाहरुको सहभागिताले आत्मीयता बढाएको एक सहभागिले जनाएका छन् । एमआरआर ग्रुपले नेपालमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
‘बिपुल पाण्डे, सुजन श्रेष्ठ र पियूष बानियाँले खिचेका केहि तस्विरहरु’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस