ईपीएसमा १ लाख ४३ हजारभन्दा बढिको आवेदन

तातोखबर, काठमाडौँ । ईपीएस प्रणालीमार्फत् कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले अनलाइन आवेदन फाराम भरेका छन् । उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका छन् ।
पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो ।
यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन् । उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस