नेपाल बार एसोसिएसनले आज स्थापना दिवस मनाउँदै

तातोखबर, काठमाडौं : कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले आज शनिबार स्थापना दिवस मनाउँदैछ । ‘स्वतन्त्र न्यायपालिका, प्रविधिमैत्री सेवा : सक्षम कानुन व्यवसायी, पेशागत मर्यादा’ नाराका साथ ६८ औँ स्थापना दिवस मनाउन लागेको हो ।
दिवसका अवसरमा एसोसिएसनले शुभकामना आदान-प्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम काठमाडौंको रामशाहपथस्थित बार एसोसियसनको प्राङ्गणमा बिहान १० बजे शुरु हुने महासचिव अधिवक्ता अञ्जिता खनालले बताईन ।
एसोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवस अर्थात् ‘बार डे’ का अवसरमा चियापन कार्यक्रम गर्दै आएको छ । २०१३ साल पुस ७ गते स्थापना भएको नेपाल बार एसोसियसन हाल देशभरका ८३ भन्दा बढी बार एकाइको साझा संगठन बनेको छ ।
हाल २१ हजारभन्दा बढी कानून व्यवसायीले व्यावसायिक प्रमाणपत्र लिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु