धनुषामा प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलायो

तातोखबर, धनुषा : जिल्लाको हंसपुर नगरपालिका-५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीसँग झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन् ।
स्थानीय दिपा मण्डललाई स्थानीयबिचको विवादको क्रममा पकाउ गरी इलाका प्रहरी कार्यालय लगिएको थियो । यसै क्रममा प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि गाउँलेहरू उठेर प्रहरी चौकी घेराउ गर्न पुगेका थिए ।
प्रहरीले गरेको हवाई फायरको क्रममा दुई जनालाई गोली लागेको हो। गोली लागेर घाइते हुनेमा सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षिय मतलुब अन्सारी छन् ।
घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको छ ।
घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ ।
स्थानीयको भीड़ले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रहरी प्रमुख मित्रबन्धु शर्माले बताएका छन् । आक्रोशित स्थानीयको भिड़ले प्रहरीउपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रन्जन अवाले बताए ।
यता धनुषा १ का प्रतिनिधिसभा सांसद दीपक कार्कीले घटना निन्दनीय रहेको बताउँदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । साथै प्रहरीको गोली लागि घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने उनले माग गरे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस