युवा व्यवसायीहरुले हौसिएर जुन सुकै व्यवसायमा लगानी गर्न नहुने

अमेरिका, ५ पौष / सुझबुुझ नगरी युवाहरुले कुनै पनि व्यवसायमा लगानी गर्न नहुने अमेरिकामा रहेका नेपाली घरजग्गा व्यवसायी दिलीप सुुवेदीले आफ्नो धारणा राखेका छन् । प्रतिष्पर्धात्मक बजार विकास हुदै गईरहेको आजको परिस्थितिमा तातोखबर प्रतिनिधिसँग उनले यस्तो धारणा राखेका हुन् ।

अमेरिका जस्तो विकसित र समृद्ध मुलुुकमा पुुगेर पनि स्वरोजगार बन्न सफल एक नेपाली दिलीप सुुवेदीले ‘आफ्नै व्यवसायबाट जुनसुुकै ब्यक्ति समृद्ध बन्न सक्छ’ भन्ने उदाहरण प्रस्तुत गर्न चाहेका छन् । अमेरिकाको टेक्सस राज्यमा आवास सेवा प्रदायकको छवी बनाउन सफल उनी यहाँका गनिएका रियलस्टेट एजेन्टका रुपमा चिनिन्छन् ।

Advertisement:

नेपालको कास्की पोखराबाट अमेरिका पुुगेका सुुवेदीको टेक्सस प्रान्तमा चालु घर जग्गा व्यवसायप्रति सेवाग्राहीहरुको भरोषा विश्वासयोग्य देखिएको र यसबाटै आफ्नो पारिवारिक व्यवहार धान्न सहजता प्राप्त मात्रै नभई सेवाग्राहीहरुले भरपर्दाे सेवा सुविधा पाउदै आएको बताउँछन् । अमेरिकामा आवास सेवा लिन चाहने उपभोक्ताहरुका लागि उनिहरुको आवश्यकता र आर्थिक क्षमता अनुसारका बसोबासको घर तथा डेरा उपलब्ध गराउन सहजीकरण गर्ने व्यवसायी दिलीप सुवेदी यो व्यवसायमा सफलता हासिल गर्न चाहने व्यवसायीसँग राम्रो बोलीचाली र असल व्यवहार र गुण हुनुपर्ने ठान्दछन् ।

नेपालमा पेट्रोलिय पदार्थको व्यपार गर्दै उद्योग बाणिज्य संघ पोखराको कार्यसमिति र नेपाल पेट्रोलियम डिलर एसोशियसन जस्ता संस्थाहरुमा आबद्ध रहेर काम गरेको अनुभवअनुसार उनले व्यावसायिक संगठनमा आफ्नो क्रियाशीलतालबाट सामाजिक उत्तरदायित्व वहन गर्ने अभ्यास भएको ठानेका छन् । नेपालमा रहदा पनि माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षा आर्जन गर्ने क्रममा नै किराना सामाग्री विक्री केन्द्र सञ्चालन गरेर व्यपार तथा व्यवसायसम्बन्धी राम्रो अनुुभव प्राप्त गरेको बताउँछन् घर जग्गा व्यवसायी दिलीप सुवेदी ।

कुनै पनि सेवाग्राहीको मन जित्न व्यवसायीले असल व्यवहार दर्शाउनुु पर्नेमा उनी जोड दिदै आएका छन् । कहिलेकाही इमान्दारिता पूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्दा पनि सेवाग्राहीमा कुनै प्रकारको नकारात्मक भावना उब्जिएको पाईन्छ, यसलाई कुन रुपमा लिन सकिन्छ ? भन्ने जिज्ञाषामा व्यवसायी दिलीप सुुवेदीको जवाफ छ ‘सेवाग्राही र सेवाप्रदायकको बीचमा आपसी समझदारी आक्कल झुुक्कल बिग्रन सक्छ र सेवाप्रदायकसँग सेवा ग्राही असन्तुुष्ट बन्न सक्छन् । तैपनि सबैलाई सन्तुुष्ट पार्ने विकल्प खोजी गर्दै सन्तुुृष्ट पार्ने प्रयासमा लागिरहनु पर्छ । त्यो समस्याबाट भाग्नुुभन्दा आफूूबाट हुन गएको भुल सुुधार गर्दै त्यस्ता समस्याको समाधान दिन सकिन्छ । यस्तै सेवा प्रदायकहरुमध्ये कसैलै सेवाग्राहीलाई दिएको दुःख र दुव्र्यवहारका कारण यहि व्यवसायमा नकारात्मक भावना पैदा भएको हुन सक्छ । यसमा सबै एकै प्रकारका मानसिकता भएको मानिसका रुपमा नहेर्न पनि म सेवाग्राहीहरुलाई आग्रह गर्न चाहन्छु ।’

अमेरिकाको टेक्ससमा बीम रियल स्टेट एलएलसी नामका संस्थाका सञ्चालक दिलीप सुुवेदी अमेरिकामा आवासको व्यावसायिकताका विषयमा छोटो समयमा नै प्रखर जानकार बन्न समेत सफल छन् । कुनै पनि आवास प्रयोगकर्ताले आफ्नो परिस्थितिअनुसार आफू बस्दै आएको निवास बिक्री गरेर समय र क्षमता अनुकुलको आवास खरिद गर्न चाहन्छन् भने उनीहरुको अभिरुचीलाई राम्रोसँग नबुुझी आफूूसँग र आफ्नो सम्पर्कमा भएका आवास देखाउने हो भने सेवाग्राहीलाई विश्वास दिलाउन नसकिने उनको धारणा रहेको छ । सेवाग्राहीहरुको चाहना र उनीहरुको आशयलाई सम्बोधन गर्न सक्ने आफ्नो व्यावसायिक रणनीति हुनुपर्ने सुृवेदीको भनाई रहेको छ ।

रोजगारी तथा स्वरोजगारीका लागि कुनै पनि व्यवसाय जुुनसुकै ब्यक्तिले सञ्चालन गर्न सक्छ तर कुन व्यवसायमा संलग्न रहने वा कुन रोजगारको विकल्प आफूूले अपनाउन ठीक हुन्छ ? भन्ने विषयमा उसले आफ्नो गुण र स्वभावलाई नियाल्नुु पर्नेमा दिलीप सुवेदी जोड दिन्छन् । नेपालमा रहदा दैनिक उपभोगय वस्तुु र पेट्रोलियम पदार्थ खरिद बिक्री गर्दै आएको ब्यक्ति अमेरिकामा पुुगेर आवास सेवा प्रदायक कसरी बन्न सफल भयो ? भनेर राखिएको जिज्ञाषामा उनी भन्छन् ‘म २०१५ सनमा अमेरिका प्रवेश गरेको थिएँ । यहाँ आएर आफ्नो पेशा वा व्यवसाय खोज्ने क्रममा अन्य पेशामा पनि संलग्न रहँे । अरु केही व्यवसाय पनि सञ्चालन गरेँ । यद्यपी मेरो बोलीचालीको शैली, आफ्नो मिजासिलो स्वभाव र सेवाग्राहीको मन जित्न सजिलो व्यवसाय आवास सेवा नै हो भन्ने लागेपछि रियल स्टेट व्यवसायलाई अगाडि बढाएर सफलत प्राप्त गरेको ठान्छुु ।’

प्रसस्तै अवसर पाईने अमेरिकालाई जुनसुकै व्यवसाय गरे पनि समृद्धिको विकल्प पाईने मुलुकका रुपमा हेरिदै आएको भए पनि धैर्यता, लगनशीलता र विश्वसनीयता कायम गर्न नसके कुनै पनि व्यवसायबाट लाभ लिन नसकिने उनको बुझाई छ । आवास व्यवसायी सुुवेदी यहि व्यवसायबाट पछिल्लो तथ्याङ्कअनुसार झण्डै ६० हजार व्यवसायी पलायन भईसकेको भए पनि नयाँ नयाँ व्यवसायीहरुको प्रवेश जारी रहेको साथै आफू गएको २ वर्षअघि मात्रै यस व्यवसायमा प्रवेश गरेर सफलता हात पार्न सक्षम भएको अनुुभव सुनाउछन् ।

आवास व्यवसायसम्बन्धी अमेरिकी सरकारले निर्धारण गरेको नियम तथा कानूनमा आधारित रहेर व्यावहारिक पक्षमा पनि आफ्नै नियम बनाउँदै व्यवसाय सञ्चालन गर्न सके सफलता प्राप्त हुने सन्देश बाढ्न चाहन्छन् आवास खरिद विक्री व्यवसायी दिलीप सुुवेदी । उनको भनाई छ ‘हामी सामाजिक र मानवीय नियमसँग पनि बाँधिएका छौं । हामीले आफ्नो ब्यक्तिगत लाभका लागि मात्रै व्यवसाय गर्नुु हुदैन । किनभने हामी अनुु्शासित व्यवसायी बन्नु आवश्यक छ ।’ बढी सङ्ख्यामा ४० वर्षमाथिका व्यवसायीहरुको सङ्ख्या रियल स्टेट व्यवसायमा देखिए पनि युवा व्यवसायीहरुको प्रवेश पनि उल्लेखनीय बढेर गएको र यसमा युवाहरुले हौसिएर लाग्ने गरेको पनि पाईएको उनी बताउँछन् । सफल व्यवसायी बन्न हौसलाको खाँचो भए पनि उग्र हौसियर व्यवसाय अगाडि बढाउँदा यसले सकारात्मक परिणाम दिन सक्दैन । यस व्यवसायमा संलग्न हुन चाहने युवाहरुमा बढी सुुझबुुझ चाहिने दिलीप सुवेदीको धारणा रहेको छ ।
नयाँ वर्षसँगै अमेरिकी सरकारको आवास खरिद बिक्री गर्ने नयाँ नीति आउन सक्ने भएकोले निकट भविष्यमा नै घर जग्गा खरिद गर्न चाहने उपभोक्तालाई यहाँको कुनै सझाव छ की ? भन्ने जिज्ञाषामा व्यवसायी दिलीप सुवेदी भन्छन् ‘ब्याजदरको हेरफर हुन सक्ने आशामा घर खरिद गर्न पर्खिरहनुभएका सेवाग्राही महानुुभावहरुले बुुझ्नै पर्ने कुरा के छ भने व्याजदर घटेको अवस्थामा घरको मूल्य बृद्धि हुन सक्ने, ब्याजदर बढेको अवस्थामा घरको मूूल्य घट्ने गरेको छ । यस्तो विषयमा चनाखो हुन म उपभोक्ताहरुलाई आग्रह गर्छु । घरको खरिद बजार र बिक्री बजार गरी दुुई थरीको बजार छ । यस्तो अवस्थामा ब्याजदरमा हुन सक्ने हेरफेरका कारणले आफ्ना लागि चाहिने घर खरिद गर्न रोकिन पर्दैन ।’

— सोनिसा थापा, अमेरिका

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application