मनहरीमा ६० लाखमा गार्मेन्ट उद्योग सञ्चालन

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । मनहरी–९, ज्यामिरे प्रणामी टोलमा पालिकाको सहयोगमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको हो ।

उद्योगको उदघाटन गर्दै पालिका अध्यक्ष रञ्जन कालाखेतीले उत्पादन सँग जोड्न उद्योग खोलिएको बताए । उनले गुणस्तरीय कपडा उत्पादन गर्न ध्यान दिन आग्रह गर्दै पालिकाभित्र यहाँकै उत्पादन प्रयोग गर्न सुझाव दिए ।

Advertisement:

पालिका उपाध्यक्ष सीता पुलामी मगर रेखाले स्थानीयस्तरमा उत्पादन भएको कपडा प्रयोग गरेर उद्योग टिकाउन सबैलाई आग्रह गरिन् । उनले मेला महोत्सवमा पनि स्थानीय उत्पादनलाई प्राथमिता दिनुपर्नेमा जोड दिर्दै महिलाहरुले सिकेका सीप सदुपयोग हुनुका साथैं रोजगारीको अवसर पनि सिर्जना भएको बताइन् ।

६० लाख लागतमा सियो धागो सिलाई श्रम सहकारी संस्थाले सञ्चालनमा गार्मेन्ट सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष भुवन कुमार गौतमले जानकारी दिए । मनहरी गाउँपालिकाबाट १० लाख रुपैयाँ सहयोग प्राप्त गरेको छ भने संस्थाले २० लाख रुपैयाँ बराबरको भवन, २० लाख रुपैयाँ बराबरको मेसिन र १० लाख रुपैयाँ बराबरको अन्य ब्यबस्थापन उत्पादन कार्य थालनी गरेको छ । चार कठ्ठा क्षेत्रफल रहेको गार्मेन्ट २० बर्ष सम्मको लागि मनहरी ९ ज्यामिरे स्थित बिन्दा मायाबाट भाडामा लिईएर सञ्चालन गरिएको छ । पहिलो चरणमा ३० जनालाई प्रत्यक्ष रोगजार दिन सकिने संस्थाको भनाई छ ।

गार्मेन्टबाट उत्पादन गरिएका कपडा मनहरी ५ र ९ नं. वडाको सरकारी विद्यालयमा प्रयोग गरिने भएको छ । गार्मेन्टबाट सरकारी कार्यालय, विद्यालय, क्याम्पसका लागि आवश्यक पोशाक, ज्याकेट, झोला लगाएत अन्य तैयारी पोशाक उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application