पाँच लाख घुससहित जीतपुर सिमरा उपमहानगरका वडाध्यक्ष पक्राउ
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।
आयोगको टोलीले वडाध्यक्ष कार्कीलाइ नगद पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको छ । उनको साथबाट सेवाग्राहीले दिएको पाँच लाख रुपैयाँ घुस रकमसमेत अख्तियार टोलीले बरामद गरेको छ ।
वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको बताइएको छ ।
प्रहरी नियन्त्रणमा रहेको समयमा कार्कीले आफूलाई भू-माफियाले फसाउने षड्यन्त्र गरेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

