बुटवलको साइन रेसुङ्गा बैङ्कमा कार्यरत कर्मचारी झुन्डिएको अवस्थामा फेला

तातोखबर, बुटवल : बुटवलको ट्राफिक चोक स्थित साइन रेसुङ्गा बैङ्कमा कार्यरत कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनकारी दिएको छ ।

फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएर शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषय अनुसन्धान सुरु गरेको जनाएको छ । लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल बुटवलको ट्राफिक चोक स्थित साइन रेसुङ्गा बैङ्कको कर्जा शाखामा कार्यरत रहेको जनाएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application