विवाह पञ्चमी पर्व देशभर मनाइँदै
![](https://www.tatokhabar.com/wp-content/uploads/2023/12/ajaysah-dhanusha-rss-12-bibahpanchami52-1024x768-1.jpg)
काठमाडौं- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।
त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासको रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
![](https://www.tatokhabar.com/wp-content/uploads/2023/10/daju-bhai-ad-1.gif)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
थ्रेस होल्ड बढाउने र साना पार्टी सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
-
२.
बागमती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार
-
३.
अमेरिकामा विमान दुर्घटना हुँदा १० एकडको जंगलमा आगलागी, मृतकको संख्या अज्ञात
-
४.
विमान दुर्घटना : थप ६ जनाको शव आफन्तलाई बुझाउने तयारी
-
५.
पेरिस ओलम्पिक २०२४को भव्यरूपमा उद्घाटन