हेटौंडामा शैक्षिक अन्तरक्रिया तथा नेतृत्व विकास तालिम

हेटौंडा – नेपाल शिक्षक सङ्घ मकवानपुरको आयोजनामा अन्तरक्रिया तथा नेतृत्व विकास तालिम हेटौंडामा भएको छ । नेपाल शिक्षक संघमा आवद्ध रहेका मकवानपुरका १० वटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुका लागि तालिम दिइएको हो ।

राष्ट्रिय स्तरका प्रशिकक्षकहरुको सहजीकरणमा शिक्षक सङ्घका मकवानपुर जिल्ला तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यहरूका लागि शैक्षिक अन्तरक्रिया तथा नेतृत्व विकास तालिम दिइएको शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईंले बताए ।

Advertisement:

एक दिने तालिममा नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय बरिष्ठ उपाध्यक्ष एमपी भुसालले प्रशिक्षण दिएका थिए । कार्यक्रमको उद्घाटन् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, शिक्षकसंघ बागमती प्रदेशका अध्यक्ष दिपक सिंखडा, केन्द्रीय सदस्य रामकुमार अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application