हेटौंडामा शैक्षिक अन्तरक्रिया तथा नेतृत्व विकास तालिम
हेटौंडा – नेपाल शिक्षक सङ्घ मकवानपुरको आयोजनामा अन्तरक्रिया तथा नेतृत्व विकास तालिम हेटौंडामा भएको छ । नेपाल शिक्षक संघमा आवद्ध रहेका मकवानपुरका १० वटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुका लागि तालिम दिइएको हो ।
राष्ट्रिय स्तरका प्रशिकक्षकहरुको सहजीकरणमा शिक्षक सङ्घका मकवानपुर जिल्ला तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यहरूका लागि शैक्षिक अन्तरक्रिया तथा नेतृत्व विकास तालिम दिइएको शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईंले बताए ।
एक दिने तालिममा नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय बरिष्ठ उपाध्यक्ष एमपी भुसालले प्रशिक्षण दिएका थिए । कार्यक्रमको उद्घाटन् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, शिक्षकसंघ बागमती प्रदेशका अध्यक्ष दिपक सिंखडा, केन्द्रीय सदस्य रामकुमार अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

