विमानस्थलका कर्मचारी नै मानव तस्करीमा संग्लन

तातोखबर, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतलाइ सेटिङ मिलाई मानव तस्करी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय बात खटिएका टोलीले भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाइ दिने गरेको पाइएपछि बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल अध्यागमन कार्यालयका अधिकृत नर बीर खडकालाई पक्राउ गरेको हो ।
प्रतिब्यक्ति रु. ४० हजार देखि ५५ हजार सम्म लिई उडाउन सहजता प्रदान गर्दै आएका खड्का मार्फत ३०० जनालाइ सेटिङ मिलाएर पठाएका निमा छिरिङ ट्राभल्सका संचालक मनोज तामाङ (लामा) र निज कै ट्राभल्समा काम गर्ने निजको सालो नाता पर्ने पदम लामा समेत पक्राउ पक्राउ परेका छन् ।
नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने र विदेश पुगेपछि महिलाहरुलाई घरेलु कामदारको रुपमा लगाईने र शोषण समेत हुने र पुरुषहरुले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाईने हुदाँ वैदेशिक रोजगारमा जादा भिजिट भिषा प्रयोग गरी गएका युवा युवतीहरुलाई स्वदेशमा फर्काउन समेत कठिनाई हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
पक्राउ परेकाहरु माथि लिखित सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारवाहीको लागि प्रहरी परिसर टेकु पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस