इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७% मात्रै उत्तीर्ण
तातोखबर, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले लिएको इन्जिनियरिङ लाइसेन्स परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो ।
परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताए । उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’
परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।
परिषद्ले १५ जना परीक्षार्थीको नतिजा स्थगित गरेको जनाएको छ । परिषद्ले २२ मंसिरदेखि २८ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा परीक्षा संचालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

