जाजरकोट भूकम्प: प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २१ करोड

तातोखबर, काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २१ करोड ३१ लाख ४३ हजार १९५ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गएको कात्तिक १८ देखि मंसिर २८ गतेसम्म विभिन्न संघसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन् । कोषमा हालसम्म १०६ भन्दा बढी संघसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका छन् ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको थियो ।
भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावितको सहयोगका लागि कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई अनुरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस