मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने २५ वर्षीय विकल सारु मगर रहेका छन् ।

प्रदेश ३–०२–००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा विकल गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement:

प्रहरीका अनुसार दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application