केपी ओलीमाथि धनकुटामा थप्पड प्रहार

धनकुटा, २८ मंसिर / एमाले अध्यक्ष केपी ओलीमाथि धनकुटाको लुगेवामा थप्पड प्रहार भएको छ।
स्वागत गर्नेहरुको लाइनमा फूलमाला लिएर बसेका महेश राईले ओलीमाथि हातपात गरेका हुन् । उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको हो ।
पार्टीको मध्यपहाडी लोकमार्गकेन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत ओली भोजपुरबाट आजै धनकुटा पुगेका थिए । ओलीमाथि थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।
उक्त भिडियोमा स्वागतका लागि हातमा माला बोकेर बसेका राईले ओलीमाथि हातपात गरेको देखिएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ओलीमाथि हातपात भएको पुष्टि गरे । उनका अनुसार राईले मादक पदार्थ सेवन गरेका थिए ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले राईको कुनै राजनीतिक दलसँग आवद्धता नरहेको पाइएको बताए । यसैबीच युवासंघ अध्यक्ष क्षितिज थेबेले भने ओलीमाथि आक्रमण नभएको दाबी गरे ।
मादक पदार्थ सेवन गरेर ओलीको स्वागतमा आएका राई माला लगाउने क्रममा अनियन्त्रित भएर आफैं लडेको उनले बताए ।
ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रूपमा कुनै जानकारी दिएको छैन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस