टेस्ला कारको अटो पाइलट फिचरमा समस्या

तातोखबर / अमेरिकाको विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकामा आफ्ना २० लाख थान भन्दा धेरै कार फिर्ता गर्ने भएको हो । अमेरिकी नियामकहरूले कारमा जडित चालक सहायता प्रणाली अर्थात् अटो पाइलटमा केहि त्रुटि भेट्टाएपछि कार फिर्ता बोलाउन लागिएको कम्पनीले जनाएको छ ।
अटो पाइलट प्रयोग भएको समयमा कार दूघर्टनामा परेका घटनाहरूमाथि २ वर्षसम्म छानबिन गरिएको थियो । उक्त क्रममा अटो पाइलटले काम नगरेको पाइयो । कम्पनीले सन् २०१५ मा अमेरिकामा अटो पाइलट फिचर लन्च गरेयता बेचेका सबै टेस्ला कारलाई फिर्ता बोलाउन लागेको हो ।
उक्त समस्या समाधानका लागि कम्पनीले सफ्टवेयरमा अपडेट गर्ने टेस्लाका मालिक एलन मस्कले बताएका छन् । अपडेट स्वतः हुने तर कार डिलर वा ग्यारेजमा ल्याउन जरुरी नभएता पनि अमेरिकी नियामक संस्थाहरूले कार फिर्ता नै बोलाउनु भनेकोले फिर्ता बोलाइएको बताइएको छ ।
अटो पाइलट स्टियरिङ, एक्सिलरेशन र ब्रेकमा सघाउनका लागि बनाइएको फिचर हो । अटो पाइलट अन हुँदा चालक कारभित्रै बसेर कारलाई चलाउनु पर्ने हुन्छ । टेस्लाका एक पूर्व कर्मचारीले अटो पाइलट फिचर सुरक्षित नभएको बीबीसीलाई बताएको केहि दिनमा नै कार फिर्ता बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस