नेप्से परिसूचक झिनो अंकले बढ्यो : कसले कति कमाए, कसले गुमाए

share-market-increase-news-tatokhabar.com

शेयरबजार, काठमाडौं । साताको चौथौ दिनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से २.६० अंकले बढेर १९८८.०४ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिन उछाल आएको नेप्से दोस्रो दिन घट्दै तेस्रो दिनमा बढेर आज हरीयालीमा नै बन्द भएको छ।

मौद्रिक निति र आज अर्थमन्त्रीको प्रेस सम्मेलनपश्चात् आम लगानीकर्ताहरुमा हौसला प्रदान भएको शेयर बिश्लेषकहरु दाबी गर्छन ।

Advertisement:share-market-increase-news-tatokhabar.com

आज सूचीकृत २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
चार उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ। आज विकास बैंकको उपसूचकमा उछाल आएको छ।

शेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १३४ कम्पनीको शेयरमूल्य बढेको छ ।

top-gainers

आज कारोबार भएका कम्पनीहरुमध्ये १०० कम्पनीको शेयरमूल्य घटेको छ ।

top-loosers
कुथेली बुखरी स्मल हाइड्रोपावरसहित केही कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । साथै, सुपरमाई हाइड्रोपावर, सानिमा जिआइसी इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल र पिपल्स हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस् :