रूसी सेनामा गएकालाई सकुशल फर्काउन सरकारले पहल गर्दै : प्रचण्ड

prachanda-at-KU

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा गएका नेपाली युवा फर्काउन सरकारले पहल गरिरहेको बताएका छन्।
बुधबार धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘अहिले विभिन्न वाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रूसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ।’ उनले भने‚ ‘सरकार तीनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ।’

Advertisement:prachanda-at-KU

उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरिँदा नेपाली युवाले विदेशमा अनेक हण्डर खानुपरेको उल्लेख गरे।

‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणाम स्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्।’ प्रचण्डले भने‚ ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ।’

उनले दिक्षित भएका विद्यार्थीलाई आफूले आर्जन गरेको ज्ञान र सीप देशको र मानव जातिको हितका लागि प्रयोग गर्न पनि आग्रह गरे।

‘काठमाडौं विश्वविद्यालय वा नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश जानुभएका विद्वतवर्ग एवं युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गर्दछु ।’ उनले भने।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application