यू–१९ एसिया कप क्रिकेटमा नेपालको भारतसँग लज्जास्पद हार

तातोखबर, काठमाडौं / एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
यूएईमा जारी प्रतियोगितामा नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विना क्षति भेट्टायो । भारतका अर्सिन अतुल कुलकर्नी ४३ र आदर्श सिंह १३ रनमा अविजित रहे ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा जम्मा ५२ रनमा अलआउट भएको थियो । यू–१९ मा नेपालको यो सबैभन्दा न्यून स्कोर हो ।
नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए । अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए ।
दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।
भारतका तीब्र बलर राज लिम्बानीले दुबईस्थित आइसीसी एकेडेमी मैदान २ मा ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई ध्वस्त पारेका थिए। उनले ९.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रर्दशन गरे ।
पराजयसँगै नेपाल समूह चरणबाटे बाहिरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस