मौलिक नेपाली पनमा गौरव गर्नु पर्नेमा प्रवासी नेपालीको आवाज

अमेरिका, २५ मंसिर / ‘पर्यटकीय देश नेपाललाई विश्वभर चिनाउन विभिन्न पेशा वा व्यवसाय गरेर बसेका नेपालीहरुले पहल गर्नु पर्छ’ भन्ने मान्यता राख्छन् अमेरिकाको न्युयोर्कमा रहेका पर्यटन व्यवसायी एवं प्रमाणित सार्वजनिक लेखा व्यवसायी पशुपति श्रेष्ठ । नेपालबाट आएर अमेरिका जस्तो विकसित मुलुकका अधिकांश राज्यहरुमा आफ्नो सेवा विस्तार गरी जनसम्पर्क स्थापित गर्न सफल सार्वजनिक लेखा व्यवसायी श्रेष्ठ नेपाललाई धेरै माया गर्ने प्रवासी नेपालीहरुभित्र पर्दछन् ।

नेपाली मौलिक भेषभूषा र खानपान नेपालबाटै लोप हुन लागेको आजको अवस्थामा यस देशको पर्यटकीय सम्पदाहरुको संरक्षण गर्न विदेशीको सहारा लिनु पर्ने स्थितिलाई मध्येनजर गर्दै उनले नेपालको नेवारी खानपान र भेषभूषा झल्कने गरी अमेरिकाका महत्वपूर्ण शहरहरुमा आतिथ्यता सत्कार व्यवसाय पनि विस्तार गर्ने तयारी गरिरहेका छन् । आफ्ुनो थप व्यवसायको रुपमा विकास गर्ने तयारी गरिरहेका उनी नेवारी समुदायमा जन्मिएर लम्जुङको सुन्दरबजारमा बाल्यकाल विताउदै निजी आवासीय विद्यालयबाट निम्न प्राथमिक तहको शिक्षा पुरा गरी त्यसमाथिको अध्ययनका लागि पूर्ण छात्रबृत्तिका साथ काठमाडौंको बुढानिलकण्ठ आवासीय विद्यालयबाट ए लेभल तहको शिक्षा पुरा गर्न सफल भए ।

Advertisement:

ए लेभल पाठ्यक्रम पूरा गरेसँगै त्यो भन्दामाथिको शिक्षा आर्जनका लागि पनि पूर्ण छात्रबृत्तिमा अमेरिको एक कलेजबाट अर्थ शास्त्र र गणित विषयमा स्नातक पूरा गरी भर्जिनिया कलेजबाट लेखा प्रणाली विषयमा स्नातकोत्तर पुरा गरेपश्चात स्वध्ययन समेत गर्दै सर्टिफाईड पव्लिक एकाउण्टङ (सीपीए) परीक्षा उतिर्ण भई व्यावसायिक सार्वजनिक लेखा परीक्षकको रुपमा सेवा प्रदान गर्न शुरु गरेका पशुपति श्रेष्ठले लगानी परामर्शदाता र लेखा परीक्षक भएर काम गर्दा विभिन्न वित्तीय प्रतिष्ठानहरुमा रोजगारी गर्दै आफैंले पनि सार्वजनिक लेखा परीक्षक सेवा संस्था सञ्चालनमा ल्याएका हुन् । न्युयोर्क शहरमा बुद्ध ट्याक्स एकाउण्टिङ्ग नामक अडिट फर्म सञ्चालक बन्न पुगेका श्रेष्ठ आफ्नो सेवालाई अमेरिकाको सबै प्रदेशहरुमा विस्तार गर्न सफल भएका छन् । यतिबेला उनी आफूलाई एउटा स्वरोजगार बनेर अरुलाई पनि रोजगारको अवसर प्रदायक बन्न सफल ब्यक्तिका रुपमा लिन चाहन्छन् ।

विद्यार्थीहरुको प्रतिभाको मूल्याङ्नपछि मात्रै बुढानीलकण्ठ विद्यालयमा अध्ययन गर्ने अवसर पाईने र त्यहि विद्यालयमा अध्ययन गर्ने क्रममा अमेरिका जस्तो विकसित मुलुकबाट आफ्नो उज्वल भविष्य निर्माण हुने विश्वासमा आत्मबल बढाउँदै आफ्नो क्षमता अभिवृद्धिका साथ अमेरिकामा प्रवेश गरेका पशुपति श्रेष्ठ त्यहि विद्यालयले रोजगारीका लागि आधार तयार पार्ने पाठ्यक्रमका साथसाथै बहुआयामिक मानवीय मनोविज्ञान निर्माण गर्ने शिक्षा समेत दिईएकोले आफूलाई अमेरिकामा आएर सङ्घर्ष गर्न सजिलो भएको महशुस गर्छन् । आफूसँग भएको प्रतिभा र लगानी गर्ने क्षमतालाई शैक्षिक आर्जनमा लगाउन सक्ने विद्यार्थीहरुले आफ्नो भविष्य विज्ञान र प्रविधिमा खोज्ने गरेका हुन्छन् तर तपाईले व्यपार व्यवसाय नै रोज्नुको कारण के हो ? भनेर गरिएको जिज्ञाषामा उनी भन्छन् ‘म हुर्कदै गर्दा मेरो परिवार व्यपार व्यवसायमा नै पोख्त थियो । दैनिक उपभोग्य वस्तुहरुको थोक तथा खुद्रा व्यपार मेरो परिवारको पुख्र्याैली व्यवसाय थियो । त्यसको आधुनिकीकरणका लागि मैले यस विषयमा थप अध्ययन गर्नु आवश्यक ठानेँ । मेरो झुकाव व्यवसाय तथा व्यपारमा भएपछि अर्थशास्त्र र गणित विषयमा अध्ययन पूरा गरँे । मैले बैंकिङ्गलाई प्रथामिकतामा राख्नु पर्ने हो तर हामी विद्यार्थीका रुपमा परदेशमा रहनु परेकोले हाम्रो रोजगार प्रणालीको कारणले त्यसो हुन सकेन ।’

अध्ययनका अलावा पनि ठूला कम्पनीहरुमा विभिन्न भूमिकामा काम गर्ने अवसरले आफूलाई धेरै कुरा सिकाएको उनले अनुभूति गरेका छन् । एउटै व्यवसायलाई फरक फरक कोणबाट हेरेर वस्तुगत सुधार गर्न आवश्यक अभ्यास समेत हुनु पर्ने उनको बुझाई छ । व्यवसाय सफलतापूर्वक सञ्चालन गर्न शैक्षिक सैद्धान्तिक पाठ्यक्रमले मात्रै नपुग्ने र यसका लागि अभ्यास हुनु पर्नेमा व्यवसायी पशुपति श्रेष्ठ जोड दिन्छन् । सेवाग्राहीहरुलाई आफ्नो सेवाप्रति भरोषा दिलाउनेदेखि लिएर व्यवसायबाट उल्लेखनीय लाभ हासिल गर्न त्यसको बहुआयामिक पक्षलाई हेरिनु पर्ने भएकोले व्यवसायीले यस्ता विषयमा ध्यान दिनु पर्ने उनको सुझाव रहेको छ । एउटा गुणवान ब्यक्तित्व विकास गर्न ब्यक्तिमा कस्तो लक्षण हुनु जरुरी हुन्छ ? भन्ने सवालमा उनी आफ्नो शैक्षिक पृष्ठभूमिसँगै मानवीय गुण र इमान्दारिता हुनु पर्ने ठान्दछन् । त्योभन्दा बढी समस्यालाई विभिन्न कोणबाट समाधान खोज्ने क्षमता हुनु जरुरी हुने उनी बताउँछन् ।

अमेरिकामा नजिकिदै गरेको ट्याक्स फाईलिङ सिजनसँगै आफैंले पर्यटन व्यवसायसमेत शुरु गर्न गईरहेका पशुपति श्रेष्ठले ३ महिनासम्म ट्याक्स फाईलिङको सबै काम पूरा गरेपछि फुर्सदको समय निस्कने भएकोले यो समयलाई पर्यटन व्यवसायमा लगानी गर्ने तयारी गरिरहेका छन् । कुनै पनि व्यवसायीले आफ्नो निजी जीवनलाई सहज बनाउदै सामाजिक उत्तरदायित्व वहन गर्न जरुरी ठान्ने पशुपति श्रेष्ठले आफ्नो समुदायको पहिचानजन्य भेषभूषा तथा खानपान शैलीको संरक्षणमा योगदान पुग्ने सक्ने व्यवसाय आतिथ्यता सत्कार व्यवसायलाई महत्व दिएर यस क्षेत्रमा लगानी गर्ने तयारीमा जुटेको बताउँछन् । रियलस्टेट व्यवसायमा समेत लगानी गरेका उनले यस वर्ष एउटा नेवारी रेष्टुरेण्ट सञ्चालन गर्न गईरहेका छन् । नामाकरण समेत गरिएको ‘नेवा छें’ रेष्टुरेण्ट अबको केहि हप्ताभित्रै सञ्चालनमा ल्याउन उनी सक्रीय रुपमा लागि रहेको जानकारी गराउँछन् ।

— सोनिसा थापा

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application