एउटा सेमिअटोमेटिक पेस्तोल र २० थान गोली सहित ३ जना व्यक्ति पक्राउ

तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद पौडेलको घरमा गोली प्रहार भएको घटनाको सम्बन्धमा मिति २०८०।०८।१९ गते दिनको १३:०० बजेको समयमा सुचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीतारम रिजालको कमाण्डमा खटि गएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान तथा घटनामा संलग्न फरार व्यक्तीको खोजतलास गर्ने क्रममा मिति २०८०।०८।२२ गते जि.मकवानपुर हे.उ.म.न.पा.वडा नं.१० स्थितबाट ऐ. वडा नं. ९ बस्ने बर्ष ३३ को निश्चल पौडेल ऐ.ऐ. बस्ने बर्ष ३५ को गणेश घले र ऐ.ऐ.बस्ने बर्ष ३० को प्रितम क्षेत्रीलाई घटनामा प्रयोग भएको हतियार सहित पक्राउ गरेको हो ।
बरामद गरिएका सामानहरु
• एन.ओ.०००१०.११.२२ भएको राउण्ड ७ लेखेको पेस्तोल थान १,
• ऐ.ऐ.पेस्तोलमा लाग्ने के.एफ ७.६५ एम.एम को गोली १९ राउण्ड ,
• लोलो लेखेको ९ एम.एम को गोली १ राउण्ड ,
• हतियार सफा गर्ने रड थान १
• लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४०० मि.ग्रा.
• लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान
• ना २५ प ३३०५ नं. सिवि युनिकर्न मो.सा.थान १ ( घटनामा प्रयोग भएको मो.सा.)
• ना६३प ९६७८ नं. को आरआर ३१० सिसि को मो.सा.थान १
• मोबाईल ५ थान
• नगद रु.५०,०००।–
• घटनामा प्रयोग भएको कपडा थान १
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस