एनसेल प्रकरणमा राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

तातोखबर, काठमाडौं / प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने भएको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई समितिको बैठकमै बोलाएर छलफल गर्ने निर्णय गरेको हो।

समितिका सभापति रामहरि खतिवडाको अनुसार उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको छ।

Advertisement:

खतिवडाले मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने पनि निर्णय भएको जानकारी दिए। फास्ट ट्रयाकबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बैठकमा बोलाउने निर्णय भएको खतिवडाले बताए।

सो क्रममा नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application