एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने: ओली

तातोखबर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन्।

शुक्रबार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

Advertisement:

उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए। उनले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गरे।

उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए। उनले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताए ।

उनले भने, ‘नेकपा एमाले एउटा साधारण प्रतिपक्ष होइन। देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो।  एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो। भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि। उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो। राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुराउँछन्।’

अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application