आज १ सय २० किलोमटिर दुरीको यात्रा गर्दै एमाले

बाग्लुङ, २१ मंसिर / नेपाल कम्युनिष्ट पार्टी एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा २०८०’ नाराका साथ शुरु गरिएको यात्रा आज आठौं दिनमा गल्कोटबाट शुरु भई पोखरामा समापन हुने कार्यतालिका रहको छ । एमालेको आज मंसिर २१ गते सञ्चालन हुने यात्रा १ सय २० किलोमिटर दुरीको यात्रा हो ।

यात्रा तालिकाअनुसार आज गल्कोटबाट शुरु भई बाग्लुङमा खाना खाने कार्यक्रम रहेको एमाले नेता विष्णु रिमालले जानकारी दिएका छन् । प्राप्त जानकारीमा भनिएअनुसार नयाँ पुल, रामटार र काँडेमा भेटघाट विन्दु तोकिएको छ । त्यसैगरी कुश्मामा सभाको आयोजान गर्न लागिएको छ ।

Advertisement:

आजको कार्यक्रम पोखरामा पुगेर बास बस्ने सूची रहेको यात्रामा सहभागी एक सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application