देशभर जाडो बढेसँगै मौसममा रहने असन्तुलन जारी

काठमाडौं, २१ मंसिर / देशैभरी बढ्दो जाडोसँगै मौसममा समेत असन्तुलन कायम रहने देखिएको छ । जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाको दिएको जानकारीअनुसार यो अवस्था देखा परेको हो ।
पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेकोले नेपालमा यतिबेला मौसममा असन्तुलन देखा परेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको जानकारीमा उल्लेख गरिएको छ । नेपालको कर्णाली र सुदुरपश्चिम प्रदेशबाहेकका प्रदेशहरु आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।
कोशी, मधेस र बागमती प्रदेशमा आज दिउसो आंशिकदेखि सामान्य बदली रहने बताईएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख गरिएको छ ।
त्यसैगरी आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस