मनहरी गाउँपालिका र अग्रज चेपाङ्गबीच अन्तरक्रिया

मकवानपुर – मनहरी गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदीवासी जनजाती समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम चेपाङ्ग समुदायका अगुवाहरुले विशेषगरी स्वास्थ्य र शिक्षामा प्राथमीकताका लागि आग्रह गरेका थिए । विकास निर्माणका कार्यहरुमा सो समुदायलाई समेट्नु पर्ने उनीहरुको माग थियो । साथै चेपाङ्ग जातीलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरुले अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित बागमती प्रदेसका पुर्र्व राज्यमन्त्रि सन्त बहादुर चेपाङ्गले आफ्नो कार्यकालमा चेपाङ्ग जातीका लागि उल्लेखनीय कार्य गरेको दावी गरे । हालसम्म १ अर्ब ६० करोँड लगानी गरी चेपाङ्ग समुदायको स्तरोन्नतीका कार्यक्रमहरु ल्याइएको उनको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेपाङ्ग समुदाय लक्षित वजेट निर्माणका लागि सबैको सल्लाह अनुसार अघि बढ्ने उद्घोष गरे । सीमान्तकृत चेपाङ्ग समुदायको निशुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले वजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सीफारीस अनुसार सेवा लिन आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ४ नं वडाअध्यक्ष प्रकास थापा, १ नं वडाअध्यक्ष शिव खनाल र ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल लगायतको उपस्थिती रहेको थियो । सामाजीक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालद्धारा सञ्चालीत कार्यक्रममा ४५ जना चेपाङ्ग समुदायका अग्रज व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस