अमेरिकी सुरक्षा परिषद्का उच्च अधिकारी नेपालमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं : दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का अमेरिकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर काठमाडौं आइपुगेकी छन्।
दुई दिने भ्रमणका लागि उनी आज बिहान भारत हुँदै काठमाडौं आइपुगेको परराष्ट्र मन्त्राललये जनाएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्च अधिकारीलाई भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
लाउबाचर दक्षिण एसिया क्षेत्रलाई हेर्ने अमेरिकी अधिकारी हुन् । उनको पद रियर एडमिरल नेपालको उपरथी सरहको हो। उक्त शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका साझा चासोका विषयमा विचार आदानप्रदान गरेको दूतावासले जनाएको थियो।
लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा काम गरेकी छन्। साथै, उनले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन्।
नेपालका परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि अमेरिकाको भ्रमण गरेपछि अमेरिकाबाट नेपालमा हुन लागेको यो नै उच्च तहको भ्रमण हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस