एकीकृत समाजवादीमा मन्त्री फेर्ने चर्चा

samajbadi-party

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम-कारबाहीबारे छलफल भएको छ ।

एक नेताका अनुसार बैठकमा पार्टीबाट मन्त्री बनेकाहरूको कामप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारमा सामेल भएका मन्त्रीहरूको कामका विषयमा चर्चा भएको छ । मन्त्रीहरूले गरेको काममा सन्तुष्टि मान्ने अवस्था छैन । काम गराई सन्तुष्ट नभएको भन्ने विषय उठेको छ ।

Advertisement:samajbadi-party

सरकारमा एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चापाईं राज्यमन्त्री रहेका छन् ।

एकीकृत समाजवादीका केही पदाधिकारी मन्त्री हेरफेर गर्नुपर्ने पक्षमा  रहेका छन् । सोमबारदेखि केन्द्रीय सचिवालय बैठक जारी छ । सोमबारको बैठकपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले तीनै तहका सरकार सरकार असफल भएको र जनताका समस्या सम्बोधन नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application