बिलबुकभित्र १००० रुपैयाँ राखी प्रहरीलाई दिन खोज्दा पक्राउ

काभ्रे, तातोखबर । आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा काभ्रेबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–८ का ५९ वर्षीय सानुकान्छा तामाङ छन् ।

उनलाई सोमबार बिहान धुलिखेल  नगरपालिका–११, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Advertisement:

उनी बा.प्र.०२–०३७ प ०९९७ नम्बरको स्कुटरमा धुलिखेलबाट भकुन्डेबेसि तर्फ जाँदै थिए । चेकिङका क्रममा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मागिएको थियो । त्यसक्रममा उनले पटक-पटक ‘मेरो लाइसेन्स यो हो’ भन्दै बिलबुकभित्र एक हजार रुपैयाँ राखी डिउटीका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

उनले पहिले आफूसित लाइसेन्स नभएको पनि बताएका थिए । चिट काट्न खोज्दा आवेशमा आएर अपशब्द प्रयोग गरी उनले अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक प्रलोभन देखाई प्रभावमा पारी कर्तव्यपथबाट विचलित गर्न दुरुत्साहन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई सो स्कुटरसहित नियन्त्रणमा लिइएको थियो ।

उनीविरुद्ध अभद्र व्यवहारमा अनुसन्धानका निम्ति सोमबारै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application