हेटौंडामा एक घरमा आगलागी हुँदा ६ लाखको क्षति

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय मानबहादुर घलानको एक तल्ले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा सो रकम बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

Advertisement:

प्रहरीका अनुसार, आगलागीबाट घर, घरभित्र रहेको भाँडाकुडा, लत्ताकपडा, अन्नपातहरु पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीमा परेर मानविय र चौपायाको क्षति भने नभएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application