जिसस मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको हो ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहको सहभागिता रहेको थियो ।

Advertisement:

सो क्रममा स्थानीय तहहरुले गरेका काम, काम गर्दा आएका समस्या र आगामी दिनमा स्थानीय तहले गरेका अपेक्षाका बारेमा प्रस्तुतीकरण गरेका थिए । सबै पालिकाको प्रस्तुतीमा नदिजन्य पदार्थको राजश्व संकलनमा समस्या औँल्याइएको थियो ।

यस्तै, कार्यक्रममा ११ जनालाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा क्रमशः समाजसेवीतर्फ थाहा नगरपालिकाका यादवजंग रायमाझी, सहकारीतर्फ जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेड, श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, गैससतर्फ हेटौंडा उमपहानगरपालिकाको ग्रामीण जीवनस्तर सुधार मञ्च, कर्मचारीतर्फ कैलाश गाउँपालिकाका अनमी आशा कुमारी गुरुङ झा र बकैया गाउँपालिकाका मनिषा पराजुली, जिसस मकवानपुरका अमृता खनाल रहेका छन् ।

यसैगरी, खेलतर्फ कराँतेमा थाहा नगरपालिकाका मान सिं दोङ, सामुदायिक वन मनहरी मकवानपुरका सिमपानी देवकोट समुदायिक वन उपभोक्ता समिति, शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाको चन्द्र आधारभुत विद्यालय र साना किसान महिला उद्यमीतर्फ गीता मैनालीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय एकालाल श्रेष्ठ र प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक अनिल कार्की, स्थानीय तहका प्रमुख, उपप्रमुख, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application