अवैध गाँजासहित हेटौंडाका युवक पक्राउ

मकवानपुर – मकवानपुरका एक युवक अवैध लागूऔषधसहित प्रहरीले आइतबार बिहान एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नम्वर ३ बाट करिब २ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरी बस्ने २१ वर्षीय विवेक सुनार रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बोरामा लुकाइ ल्याउँदै गरेको उक्त गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस