फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

पूर्वी फिलिपिन्सको मिण्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सर्भेका अनुसार हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्व ३२ किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

Advertisement:

भूकम्पको धक्का इण्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको थियो ।

भूकम्पका कारण भएको क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application