चिर्पट प्रहार गरी तामाङले गरे बुवाको हत्या
हेटौंडा – रसुवामा छोराले चिर्पट प्रहार गरेर बुवाको हत्या गरेका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले गएराति ६५ वर्षे बुबा छेवाङ तामाङलाई चिर्पटले टाउकोमा हिर्काएर हत्या गरेका हुन्।
बिहीबार मादक पदार्थ सेवन गरेर गोपालले बुबा छेवाङलाई चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट छेवाङ गम्भीर घाइते भएका थिए । उनको उद्धार गरी जिल्ला अस्पताल धुन्चेमा उपचारका लागि ल्याईएकोमा राती ११ बजेर ४० मिनेटमा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

