मकवानपुरगढी दूर्घटना अपडेट: घाइते चालककाे पनि मृत्यु

हेटौंडा–मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुलनजिक आज दिउँसो मोटरसाइकल दूर्घटना हुँदा घाइते भएका चालक ३५ वर्षीय भीमबहादुर स्याङ्तानकाे पनि मृत्यु भएकाे छ ।

उपचारकाे लागि हेटाैंडाबाट चितवनतर्फ लैजाँदै गर्दा बाटाेमै मृत्यु भएपछि स्याङ्तानकाे शव हेटाैंडा फर्काइएकाे थियाे । दूर्घटनामा मकवानपुर गढी २ कुर्ले पाखा बस्ने स्याङ्तानकी पत्नी र छाेरीकाे पनि घटनास्थलमै मृत्यु भएकाे थियाे ।

Advertisement:

मृत्यु हुनेमा ३४ वर्षीय रुपा स्याङ्तान उनकी करिब पाँच महिनाकी छोरी छन् । सुकौराबाट कान्तिलोकपथ तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मृतक तीनै जनाकाे शव हेटाैंडा अस्पतालमा राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् :