मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमती र छोरीको घटनास्थलमानै मृत्यु
हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।
मकवानपुरको मकवानपुरगढी-२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा मोटरसाइकल ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।
सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको प्रहरीको भनाई छ । उनलाई थप उपचारको लागि चितवन पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

