काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउँछाैँ : खानेपानी मन्त्री

काठमाण्डाै – खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाण्डाैवासीलाई मेलम्चीकाे पानी चाँडै खुवाउने बताएका छन्  ।

काठमाण्डाैवासीले मेलम्चीकाे पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ याे प्रतिबद्धता व्यक्त गरेका हुन्  । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गर्नुभएका यादवले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग सकारात्मक छलफल भएको पनि बताए ।

Advertisement:

उनले भने, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाण्डाैवासीलाई पानी खुवाउँछौँ ।’

काठमाण्डाैवासीले भने एक हप्ताभित्र मेलम्चीको पानीकाे व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि पानी काठमाण्डाै ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीकाे पानी एक हप्ताभित्र काठमाण्डाै आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताए । उनका अनुसार ११ करोड ५० लाख ६६ हजार रुपैयाँ हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाण्डाै ल्याउने कुरामा हेलम्बुवासीले अवरोध नगरेको स्पष्ट पारेका छन्  । मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि उनले सञ्चारकर्मीमाझ याे कुरा बताएका हुन्  । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौताअनुसारको बजेट भने तत्काल व्यवस्था गर्न सरकारलाई दबाब दिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application