अमेरिका पठाइदिन्छु भन्दै ४० लाख माग, १५ लाख ठगेर फरार भएका २ जना पक्राउ

काठमाण्डाै – अमेरिका पठाइदिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौ महानगरपालिका–१४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठ पक्राउ परेका छन् ।
चन्द्रबहादुर रावललाई अमेरिका पठाइदिने र त्यहाँ मासिक तीन लाख रुपैयाँ कमाइ हुन्छ भन्दै दुई जनाले ४० लाख रुपैयाँ मागेका थिए । उनीहरूले पीडित रावलबाट पटक–पटक गरेर १५ लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।
ठगी गर्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई आज मङ्गलवार कोटेश्वरबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डाै पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस