पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु ३७ जना घाइते

मङ्सिर ८, उदयपुर / उदयपुरमा पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । आज दिउँसो अन्दाजी १ बजेको समयमा उक्त दुर्घटनामा भएको हो ।
उक्त बसमा ४० जना सवार रहेका थिए । मृत्यु हुनेमा बसका चालकसमेत रहेका उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी चौधरीले बताए ।
उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको उनले जानकारी दिएका छन् ।
त्यहाँको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटनामा परेको थियो । चालकले तेल हाल्न भनी झुक्याएर पिकनिकका लागि बस लिएर गएका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस