झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण

विराटनगर, मङ्सिर ८ । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । बिर्तामोडको इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।
मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा सक्रिय थिए ।
मेचीनगरबाट हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । सहभागीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।
पूर्वराजा शाह गत शुक्रबार झापा पुगेका हुन् । उक्त कार्यक्रमलाई राप्रपाले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ । सालिक अनावरण कार्यक्रममा प्रदेशभरबाट सहभागीहरु आएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस