क्यानडाका लागि प्रस्तावित राजदूतविरुद्ध दुई वटा उजुरी दर्ता

काठमाडौं – क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी दर्ता भएको छ ।

गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रस्तावित राजदूतमा पौड्यालको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यस क्रममा दुई वटा उजुरी दर्ता भएको हो ।

Advertisement:

पौड्यालविरुद्ध परेको उजुरीमध्ये एउटामा सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ भने अर्कोमा उनको नैतिकतामाथि प्रश्न उठाइएको छ ।

पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार दिउँसो १ बजे हुने समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application