एमाले अध्यक्ष ओलीद्वारा राजतन्त्र फर्काउन हिड्नेहरुलाई चेतना नभएको मूर्खको सङ्ज्ञा

काठमाडौं, ८ मंसिर / नेकपा एमाले अध्यक्ष केपी ओलीले राजतन्त्र फर्काउन हिड्नेहरुलाई चेतना नभएका मूर्खको सङ्ज्ञा दिएका छन् । युवा सङ्घ नेपालले आज राजधानीमा आयोजना गरेको बैठकमा उनले यस्तो सङ्ज्ञा दिएका हुन् ।

युवा सङ्घ नेपालले हिजो गरेको प्रदर्शनको खुलेर प्रशंसा गर्दै एमाले अध्यक्ष ओलीले राजसंस्था मरेको प्रेत भएको र काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने टिप्पणी गरे । बैठकलाई सम्बोधन गर्दै ओलीले २०४ वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको बताए । उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको किटान गरे ।

Advertisement:

अध्यक्ष ओलीले भने ‘केही तत्वहरु हेर्दा‘ हेर्दा‘ हेर्दा‘ हेर्दा‘ वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ । १५ वर्षअघि नै फ्याकिएको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् । राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र‘. एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने‘ मैले भनेँ भने चित्त दुखाउँछन्‘ चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा जन्मिँदै राजा‘ लाटो जन्मिन्छ कि गँजडी, ड्रगिष्ट, लफङ्गा भएर जन्मिन्छ कि‘ जन्मिँदै राजा हुने ? त्यही हुनपर्छ भन्ने ? कठैबरी ।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application